आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

संसद् जोगिएको छ,अब पार्टी जोगाउनुपर्नेछ : नेता भुसाल

गोकर्णेश्वर खबर४ श्रावण २०७८, सोमबार ११:०८ मा प्रकाशित (२ साल अघि) २८९ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् जोगाउने काम सकिएकाले अब पार्टी जोगाउनुपर्ने बताएका छन् । आइतबार राति ट्विटरमार्फत नेता भुसालले यथास्थितिमा कोही पनि सुरक्षित नभएको भन्दै पार्टी जोगाउनुपर्नेमा जोड दिएका छन् ।

“संसद् जोगाउनुपथ्र्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोही पनि सुरक्षित छैनौँ । हामी उठ्छौँ, धुलो टक्टक्याउँछौँ र अगाडि बढ्छौँ,” उनले भनेका छन् ।