आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वर नगरपालिका वडा ८ द्वारा साईकल यात्री देवेन्द्र बस्नेतलाई सम्मान

गोकर्णेश्वर खबर४ श्रावण २०७८, सोमबार ११:०१ मा प्रकाशित (२ साल अघि) ८८२ पाठक संख्या
गोकर्णेश्वर नगरपालिका वडा ८ ले  संभवत नेपालमा पहिलो पटक शिक्षाको लागि सहयोग जुटाउन १२०० कि.मि साईकल यात्रा सम्पन्न गर्न सफल साईकल यात्री देवेन्द्र बस्नेतलाई सम्मान गर्नु भएको छ ।
कार्यक्रममा सभापति मनोज कुमार ढुंगाना, विशेष अतिथिमा समाजसेवी दिपक सिंह भण्डारी , हेल्प नेपालका लता घिमिरे , समाजसेवी भावना ठकुरी , वडा सदस्य नन्दलाल श्रेष्ठ , डम्बर श्रेष्ठ ,सोभिता मिजार लगायत विभिन्न महिला समुह, क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो ।
 कार्यक्रममा साईकल यात्री श्री देवेन्द्र बस्नेतलाई गोकर्णेश्वर नगरपालिकाको प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले सम्मान गर्नु भएको थियो भने समाजसेवी भावना ठकुरीले साईकल यात्री बस्नेतलाइ अर्थिक सहयोग र मायाको चिनो प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा ८ का सचिव सुदीप हमालले  संचालक  गर्नु  भएको थियो।