आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

प्रधानमन्त्री देउवालाई मोदीले दिए बधाई

गोकर्णेश्वर खबर४ श्रावण २०७८, सोमबार १०:४४ मा प्रकाशित (२ साल अघि) ४२४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए । तर प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् ।