आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा कोरोना बिरुद्दको जोन्सन एन्ड जोन्सन खोप लगाइने

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार २०:५० मा प्रकाशित (२ साल अघि) ६६२ पाठक संख्या

काठमाडौं श्रावण ३ । गोकर्णेश्वर नगरपालिकामा अमेरिकी सरकारले सहयोग गरेको जोन्सन एन्ड जोन्सन खोप  भोलिबाट लगाइने भएको छ ।

खोप   ५० देखि ५४ वर्षसम्मका नागरिक,  पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु, हाल नेपालमा बसोबास गरेका शरणार्थीहरु र पहिला छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई भोलि देखि श्रावण ६ गते सम्म  श्री सहयोगी मा बी खोप केन्द्र गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण  र श्री चामुण्डा मा बी गोकर्णेश्वर ६  नारायणटारमा  लगाउने भएको छ ।