आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

प्रधानमन्त्री देउवालाई बहुमत पक्का

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार २०:१५ मा प्रकाशित (२ साल अघि) ३३१ पाठक संख्या

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाको विश्वास अर्थात बहुमत प्राप्त हुने पक्का भएको छ । जनता समाजवादी पार्टी (जसपा) को ठाकुर–महतो पक्षले उनको पक्षमा मत दिने भएपछि बहुमत पक्का भएको हो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै जसपाका एक जना अध्यक्ष महन्थ ठाकुरले देउवालाई विश्वासको मत दिने जानकारी गराए ।

ठाकुरले देउवलाई जनादेश नभए पनि अदालतको परमादेश भएकाले विश्वासको मत दिन लागेको बताए ।