आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

एमाले नेतृ झाँक्री भन्छिन- ‘संसदको पूरा कार्यकाल संचालन गर्नका हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं ‘

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार १५:०१ मा प्रकाशित (२ साल अघि) १६५ पाठक संख्या

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।

सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन् । ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले भनिन् ।

झाँक्रीले निवेदक सांसदले मात्र नभई संस्थागत रुपमै निर्णय गरी एमालेले फ्लोरमै बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने प्रस्तावसमेत गरेकी छन् ।
प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी ९जसपा० र एमालेको माधव समूहका सांसदको साथ आवश्यक छ ।