आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार २०:३० मा प्रकाशित (२ साल अघि) २३३ पाठक संख्या

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर उक्त वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे ।

शुक्रबार नै संसदीय दलको बैठक समेत बसेको छ । संसदीय दलको बैठकमा पनि माधव समूहका सांसदहरु अनुपस्थित भएका थिए ।