आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौं उपत्यकामा आज थप ४२८ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार १७:५५ मा प्रकाशित (२ साल अघि) १८३ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ८७५ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४२८ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै २९९ जना छन् । यस्तै, ललितपुरमा ७७ र भक्तपुरमा ५२ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २१ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।