आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

जसपाका चार सांसदले ठाकुर-महतो समूह छाड्दै यादव पक्षको बैठकमा सहभागी

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार १७:२८ मा प्रकाशित (२ साल अघि) ३४४ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।

पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

ठाकुर पक्षका नेताहरुका अनुसार चारै जना शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित थिए ।

यससँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको १६(१६ भएको छ । तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ ।