आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर वडा नं. ८ मा इकाई सभापतिका आकांक्षी ६ जना

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार २१:०४ मा प्रकाशित (२ साल अघि) १०९८ पाठक संख्या

१ साउन, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाई सभापतिका आकांक्षी ६ जना देखिएका छन् ।

बिहिबार सम्पन्न क्रियाशिल भेलामा ६ जनाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत स्थानीय कमिटिको अधिवेशनमा गोकर्णेश्वर वडा नं. ८ मा इकाई सभापतिमा आफूले उम्मेदवारी दिने दावि गरेका हुन् ।

इकाई सभापतिका आकांक्षिहरुमा वर्तमान वडा सदस्य एवम् क्षेत्रीय सदस्य नन्दलाल श्रेष्ठ, नगर सदस्य लक्ष्मण चौंलागाई, का.वा.इकाई सभापति मुक्तिनाथ डोटेल, इकाईका सह सचिव राजेश दाहाल, इकाई कोषाध्यक्ष कृष्ण नेपालका साथै राजेश अधिकारी रहेका छन् ।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का इकाई सभापति तथा वडा अध्यक्ष मनोज कुमार ढुंगानाको सभापतित्वमा सम्पन्न क्रियाशिल भेलामा ४५ जनाको उपस्थिती रहेको थियो ।

भेलामा आ–आफ्ना धारणा राख्ने क्रममा ५ जनाले एकाई सभापतिमा उम्मेदवारी दिने आकांक्षा राखेका भेलामा सहभागिले बताए । कोरोना संक्रमण भई घरमै आईसोलेसनमा बसेका सभापतिका आकांक्षी राजेश दाहालले क्रियाशिल भेलाको पूर्वसन्ध्यामा सामाजिक सञ्जालबाट सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

भेलामा इकाई सभापति मनोज कुमार ढुंगानाले इकाई सभापतिमा उठ्ने सबैको अधिकार भए पनि समय दिएर नेपाली कांग्रेस पार्टिलाई बलियो बनाउन सक्ने योग्य नेतृत्व आजको आवश्यकता भएकोले एकताबद्ध भएर अगाडी बढ्नु पर्ने बताए । ढुंगानाले नयाँ नेतृत्वको लागि आफूले मार्गप्रशस्त गर्दै नेपाली कांग्रेस पार्टिको संगठनात्मक विकासका लागि क्रियाशिल हुँदै आफू पार्टिमा अगाडी बढ्ने बताए ।