आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

खोप कार्यक्रमलाई व्यवस्थीत बनाउँन जुट्यो गोकर्णेश्वर युवा समूह

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार २०:४२ मा प्रकाशित (२ साल अघि) ७९६ पाठक संख्या

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप कार्यलाई तिव्रता दिइरहँदा खोप केन्द्रमा भिडभाड भने अत्यन्तै बढ्न थालेको छ । गत २९ असारमा सुरु भएको भोरोसेल खोप कार्यक्रममा शिक्षक, यातायात व्यवसायी लगायतका क्षेत्रका व्यक्तिहरुलाई प्राथमिकता राखेर खोप संचालन गरेपनि भिड व्यवस्थापन कमजोर भएपछि गोकर्णेश्वर यूवा समूहले व्यवस्थापनमा सक्रियता देखाएको छ । सामाजिक सेवामा सक्रियरुपमा लागि रहेको गोकर्णेश्वर युवाद्वारा आज गोकर्णेश्वर नगरपालिका वडा -६ स्थित शंखरापुर नगरपालिकामा भैरहेको खोप केन्द्रमा सक्रियता देखाउदै खोप केन्द्रमा भीडभाडको व्यवस्थापन गरेको हो ।

खोप कार्यक्रमा भीडभाड तथा खोप कार्यक्रममा अनियमिता भएको गुनासोपछि गोकर्णश्वर युवा समूहले स्वंयसवेक रुपमा कार्य सम्पन्न गरेको हो । यूवा समूहले खोप कार्यक्रममा माक्स तथा स्वास्थ्य्य सामाग्री सेनिटाईजर वितरण गरेको गोकर्णेश्वरका स्थानीय युवा तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविन घिमिरे जानकारी दिए ।

गत २९ असार सुरु भएको भोरोसेल खोपमा कार्यक्रम शंखरपुरमा अस्पतालमा केही दिन देखी भीडभाड भएको र खोप कार्यक्रममा अव्यवस्थित भैरहेको गुनासो आएकोले आफूहरुले कार्यक्रममा केही व्यवस्थापनको भूमिका निर्वाह गरेको घिमिरेले बताए।

यूवा समूहले निषेधाको समयमा माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङ कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका हरेक वडामा भएको आयोजना गरेको थियो । साथै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको गोकर्णेश्वर युवा समूहद्वारा केही समय अगाडि बाढिले तहसनहस भएको सिन्धुपाल्चोक जिल्ला स्थित मेलम्ची तथा हेलम्बुका बाढी पहिरो पिडितहरुमा केही मलम लगाउदै सहयोग समेत गरेको थियो ।