आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

राष्ट्रपतिले नमान्दा महान्यायाधिवक्ताले लिए सर्वोच्चमा शपथ,राष्ट्रपतिको व्यवहार किन काखा-पाखा?

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १९:२२ मा प्रकाशित (२ साल अघि) ३१५ पाठक संख्या

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई शुक्रबार दिउँसो शपथ गराएका हुन्।

महान्यायाधिवक्तालाई पहिलोपटक सर्वोच्चमा शपथ गराइएको हो।

यसअघिका महान्यायाधिवक्ताले राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपति कार्यालयमा शपथ लिए पनि यसपटक राष्ट्रपतिले नमान्दा सर्वोच्चमै शपथको व्यवस्था गरिएको हो।

यसअघि महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीशबाट शपथ लिने परम्परा थियो।

तर कानुनी रुपमा प्रधानन्यायाधीससँगै शपथ लिने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपतिबाट शपथ लिनेबाहेकले शीतलनिवासमा शपथ नगर्ने बताएपछि सर्वोच्चमै शपथ गराइएको हो।

यसअघि केपी ओली प्रधानमन्त्री हुँदाका दुवै महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमै शपथ लिएका थिए।

गत चैतमा नियुक्त भएको महान्यायाधिवक्ता रमेश बडालले र त्यसअघि अग्नि खरेलले पनि राष्ट्रपति कार्यालयमा शपथ भएको थियो।

यसपटक भने विगतको परम्परा तोड्दै राष्ट्रपति कार्यालयले सर्वोच्चमै शपथको व्यवस्था गर्न भनेको थियो।

यसअघि लोकसेवा आयोगका प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशले पनि सर्वोच्चमै शपथ लिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधीवक्तामा नियुक्त गरेकी थिइन्।