FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

काठमाडौंमा जारी खोप अभियान स्थगित

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १७:४६ मा प्रकाशित (२ हफ्ता अघि) २२९ पाठक संख्या

काठमाडौँ । खोप अभाव भएको भन्दै काठमाडौंमा जारी खोप अभियान स्थगित गरिएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको खोप अभियान स्थगन गरिएको जनाएको हो।

असार २९ गतेदेखि काठमाडौंमा भेरोसेल खोप अभियान सुरु गरिएको थियो। तर काठमाडौंमा हाल मौज्दात खोप समाप्त भएकाले अर्को सूचना नभएसम्मका लागि साउन २ गतेदेखि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

सरकारले चीनबाट खरिद गरेको मध्ये ८ लाख मात्रा खोप ल्याएपछि खोप अभियान सुरु गरिएको थियो।