आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

चिनियाँ राजदूत र प्रधानमन्त्रीबीच शिष्टाचार भेट,चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने जानकारी

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १७:१८ मा प्रकाशित (२ साल अघि) ३६४ पाठक संख्या

काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप दिन लागेको जनाएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होऊ याङ्छीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटका क्रममा उक्त जानकारी दिएकी थिइन् ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले खोपमा चीन सरकारको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

यसअघि चीन सरकाले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।