आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

गोकर्णेश्वर ६ को इकाई सभापतिमा कुमार लामाको दावि

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १६:०० मा प्रकाशित (२ साल अघि) १८८१ पाठक संख्या

१ साउन, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को इकाई सभापतिमा कुमार लामाले दावि गरेका छन् । गोकर्णेश्वर नगर कमिटिका कोषाध्यक्ष समेत रहेका लामाले सोमबार बसेको क्रियाशिल भेलामा औपचारिक रुपमा इकाई सभापतिमा दावि गरेका हुन् ।

लामाले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढीरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले सभापतिको दावि गर्ने बताए । आफू पार्टिले घोषणा गरेको सबै आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा सहभागि रहँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आईरहेको र पार्टिमा युवा नेतृत्वलाई अगाडी बढाउने बहश जोडतोडले उठिरहेको सन्दर्भमा आफूले इकाई सभापतिमा बलियो रुपमा दावि गरेको लामाले गोकर्णेश्वर खबरलाई बताए ।

गोकर्णेश्वर नगरपालिकाको बढी जनघनत्व भएको वडा भएकोले वडा नं. ६ मा वडावासीमा भिजेको नेतृत्व आजको आवश्यकता हो । स्थानीय देखि संघीय चुनावको पूर्व तयारीको राजनीतिक चरण शुरु हुन लागेको सन्दर्भमा सक्षम र सक्रिय युवाबाटै वडाको नेतृत्व हुनु नेपाली कांग्रेस र समग्र वडावासीको लागि समेत राम्रो हुने भएकोले पनि आफूले एकाई सभापतिमा दावि गरेको लामाले बताए । उनले आफूले युवापुस्ताको आवाज बोकेर अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने पनि बताए । उनले आफू एक कार्यकालमात्र सभापति बनेर सक्षम युवा नेतृत्व बनाएर सभापति पद हस्तान्तरण गर्ने चाहना रहेको बताए । उनले वडाको विकासमा सक्रियता, इमानदारितापूर्वक कार्य गर्ने र क्रियाशिलहरुलाई प्रशिक्षण दिई नेपाली कांग्रेस पार्टि र जनताको सम्वन्धलाई वडामा बलियो बनाउने बताए ।