FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

साइत जुराएर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री देउवा

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १०:३५ मा प्रकाशित (२ हफ्ता अघि) ७७ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।