आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नागरिक उड्डयनले माग्यो १६४ जना कर्मचारी

गोकर्णेश्वर खबर३१ असार २०७८, बिहीबार २१:२७ मा प्रकाशित (२ साल अघि) ३१९ पाठक संख्या

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा एकसाथ ठूलो संख्यामा कर्मचारी माग भएको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी कुल १६४ जना नयाँ रोजगारीका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।

प्राधिकरणले आन्तरिक र खुला दुबै प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । खुलातर्फ मात्र १६४ नयाँ भर्ना गर्न लागिएको हो । यसमध्ये सबैभन्दा धेरै वरिष्ठ अधिकृत पदमा ३४ जना कर्मचारी माग भएको छ ।

यस समूहमा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित, १ अपांग र १ पिछडिएको क्षेत्रका लागि आरक्षण गरिएको छ । प्राविधिक समूहको एर ट्राफिक सर्भिसेसतर्फ यी अधिकृतहरु मागिएको छ ।

एयर फायर सर्भिसेसमा समेत प्राधिकरणले १८ जना नयाँ भर्ना गर्न लागेको हो । चौथो तहका सहायक यो पदमा खुलाबाट १० र समावेशीबाट अन्य पदमा भर्ना गरिने छ । सिभिल र मेकानिकल इन्जिनियरिङतर्फ ३र३ जना वरिष्ठ अधिकृत, प्रशासन, कानून, पुस्तकालय, व्यापार प्रशासन, लेखा, राजस्व र सीएतर्फ समेत अधिकृत तहमा आवेदन माग गरएको छ ।

प्रशासनमा सबैभन्दा धेरै ७ अधिकृतको माग गरिएको छ । प्राधिकरणले खुला प्रतिस्पर्धामा कुल ३४ पदमा नयाँ भर्ना गर्न लागेको हो । आन्तरिक प्रतिस्पर्धाबाट भने विभिन्न २७ पदमा पदपूर्ति गर्न लागिएको छ ।

प्राधिकरणको यो प्रतियोगिताका लागि अनलाइनबाट समेत आवेदन दिन सकिने छ । प्राधिकरणको वेवसाइटमा राखिएको जब अप्लिकेशनमा गई आफुले दिन चाहेको पदमा आवेदन फारम भर्न सकिनेछ ।

प्राधिकरणकाअनुसार तह ४का लागि ४ सय र ९ तहका लागि ९ सय रुपैयाँ आवेदन शुल्क तोकिएको छ । दरखास्त दिने मिति २० साउनसम्म तोकिएको छ । तोकिएको अन्तिम दिनपछिको सात दिन भने दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने गरि अवधि राखिएको छ ।