आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

गोकर्णेश्वर खबर३० असार २०७८, बुधबार १८:४८ मा प्रकाशित (२ साल अघि) ३९३ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच कोटेश्वरमा छलफल भएको छ।

नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपालनिवास कोटेश्वर पुगेका हुन्।

देउवा नेतृत्वको सरकार बनाउन नेता नेपालले महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रधानमन्त्री नियुक्त भएपछि देउवाले पहिलोपटक निवासमै पुगेर नेता नेपालसँग भेट गरेका हुन्।

मंगलबार प्रधानमन्त्रीको शपथग्रहणलगत्तै नेपालले देउवालाई पहिलो बधाई दिएका थिए।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उत्रिएर देउवालाई प्रधानमन्त्री बनाउन नेपालसहित एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए।

ओली सरकारको बहिर्गमनमा विशेष भूमिका खेलेका नेपाललाई देउवाले सरकारमा आउन आग्रह गरिसकेका छन्।