आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

ओलीले छाडे बालुवाटार,बालकोटसम्‍म युथफोर्सको स्कर्टिङ

गोकर्णेश्वर खबर३० असार २०७८, बुधबार १२:३३ मा प्रकाशित (२ साल अघि) २५४ पाठक संख्या

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्।

ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट बालकोटसम्‍म स्कर्टिङ गरेका छन् ।

त्यसअघि एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।