आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या

गोकर्णेश्वर खबर३० असार २०७८, बुधबार १२:१८ मा प्रकाशित (२ साल अघि) ४७० पाठक संख्या

काठमाडौं । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए ।

रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उनले बताए ।

बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथि गृहसँगैको कोटमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए ।

उनले मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम,ठेगाना सार्वजनिक गर्ने बताए ।