FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

बालुवाटार छाड्न लागेका ओलीलाई युथ फोर्सले तीन हजार मोटरसाइकलले स्कर्टिङ गरेर बालकोट पुर्‍याउने

गोकर्णेश्वर खबर३० असार २०७८, बुधबार ११:३५ मा प्रकाशित (३ हफ्ता अघि) ११९ पाठक संख्या

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै छन् । ओली आज विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट जाने छन् ।

ओलीलाई भातृ संगठन युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले स्कर्टिङ गरेर बालुवाटारदेखि बालकोटसम्म पुर्याउने छ ।
दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्याउने कार्यक्रम छ ।

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका छन् ।

सपथग्रहण र पदभार ग्रहणपछि निजी निवास बूढानिलकण्ठ गएका देउवा साइत हेरेर केही दिनमा सरकारी निवास बालुवाटार सर्ने स्रोतले बताएको छ ।