FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

युवा समाजसेवी गोकुल रोक्काबाट पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग

गोकर्णेश्वर खबर२९ असार २०७८, मंगलवार २२:०१ मा प्रकाशित (३ हफ्ता अघि) २०४ पाठक संख्या

२९ असार, काठमाडौं । युवा समाजसेवी तथा नेपाल तरुण दल काठमाडौंका संगठन विभाग सदस्य गोकुल रोक्काले सोमबार कोरोना संक्रमणको कठिन समयमा फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुका लागि स्वास्थ्य सामग्री र प्रेस ज्याकेट सहयोग गरेका छन् ।

कोरोना संक्रमणको कठिन समयमा फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारलाई संक्रमणको जोखिम धेरै हुने भएकाले गोकर्णेश्वर खबरका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री र प्रेस ज्याकेट सहयोग गरेको युवा समाजसेवी रोक्काले बताए ।

उनले अहिलेको कठिन समयमा एकले अर्कालाई सहयोग गरेर मात्रै कोरोनासँगको लडाई जित्न सकिने सबैले आ आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने रोक्काले बताए ।