आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

नियुक्तिको भाषा सच्चिएपछि देउवाले लिए सपथ

गोकर्णेश्वर खबर२९ असार २०७८, मंगलवार २१:०९ मा प्रकाशित (२ साल अघि) १४४ पाठक संख्या

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्तिको भाषा सच्चिएपछि सपथ लिएका छन् ।

राष्ट्रपति भवन सितल निवासमा सपथ लिएका हुन् ।

साँझ ६ बजेका लागि तय भएको सपथ राति ८ बजेपछि बल्ल सपथ ग्रहण भएको हो ।

राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको परमादेश अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति जारी गरेको थियो । संविधानको कुनै पनि धारा नटेकी विज्ञप्ति आएपछि विवाद भएको थियो ।

सपथको भाषा सच्याइएको भनिएपनि अहिलेसम्म राष्ट्रपति कार्यालयले भने अर्को विज्ञप्ति दिएको छैन ।