आज: २६ बैशाख २०८२, शुक्रबार | Fri, 09, May, 2025

जसपा खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट,राजनीति सर्वोच्चलाई बुझाउँने बाटोमा नेताहरु

गोकर्णेश्वर खबर२७ असार २०७८, आईतवार २०:५८ मा प्रकाशित (३ साल अघि) २२७ पाठक संख्या

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

राष्ट्रिय जनता पार्टीका तत्कालिन् उपाध्यक्ष राजकुमार थापाले सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा निर्वाचन आयोग र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाइएको छ।

एकीकरण प्रारम्भदेखिनै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन र कानुन विपरित कएको भन्दै एकीकरण बदर गरी पहिलेकै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल कायम गराइदिन रिटमा माग गरिएको छ।

गैर संवैधानिक र ऐन, नियम विपरित दल एकीकरण गर्ने निर्णय खारेज हुनु पर्ने माग गरिएको छ।

संवैधानिक एवं कानूनी व्यवस्थाको विपरित कुनै पनि दल राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भन्दै त्यसो गरेमा कारबाहीको भागिदार हुने व्यवस्था रहेकाले सोही व्यवस्था अनुसार बदर गर्न माग गरिएको छ।

संविधानको धारा २६९ तथा राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को प्रावधान अपुरो राखी निर्वाचन आयोगले दर्ता गरिदिएको भन्दै एकीकरण पहिलेको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको निर्णय र आपसी सम्झौता पत्र सहित राजनैतिक दल एकीकरण गर्नु पर्नेमा सो नगरिएको, दल दर्ताको निवेदन त्रुटिपूर्ण रहेको, निर्वाचन आयोगले निस्पक्ष सुनुवाइ नगरी एकीकरणको प्रमाण पत्र दिएको रिटमा उल्लेख छ।

आफूसहित ६ जनाले उजुरी दिएपनि सुनुवाइ नगरी गरिएको भन्दै विभिन्न त्रुटि औंल्याइएको छ।