आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

आज थप १२३७ जनामा कोरोना पुष्टि,२० जनाको मृत्यु

गोकर्णेश्वर खबर२७ असार २०७८, आईतवार १९:३४ मा प्रकाशित (२ साल अघि) २१६ पाठक संख्या

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ ।

यस्तै, २४ घण्टामा १ हजार ५३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ