आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

विपक्षी गठबन्धनका विद्यार्थी गरे शङ्ख फुकेर प्रदर्शन (तस्बिरहरू)

गोकर्णेश्वर खबर२७ असार २०७८, आईतवार १८:५४ मा प्रकाशित (२ साल अघि) २७४ पाठक संख्या

काठमाडौं – विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा शङ्ख फुकेर प्रदर्शन गरेका छन् ।

विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियु, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले आइतवार पेट्रोलियम पदार्थको मूल्य वृद्धि, भ्रष्टाचारको विरोधमा आइतवार माइतीघरमा भेला भइ शङ्ख फुकेर जुलुस निकालेका हुन् ।

विद्यार्थीहरूले शङ्ख फुक्दै विरोध जनाउँदै विभिन्न नाराबाजीसमेत गरेका थिए ।