आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रधानमन्त्री ओलीको मेलम्ची र हेलम्बु अवलोकन (फोटोफिचर)

गोकर्णेश्वर खबर२७ असार २०७८, आईतवार ०६:२५ मा प्रकाशित (२ साल अघि) ३१३ पाठक संख्या

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन एवं निरीक्षण गरेका छन् ।

मनसुन शुरू भएसँगै यही असार १ गते आएको बाढीपहिरोले माटोमा मिलाएको मेलम्ची बजार र हेलम्बु क्षेत्रको प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् ।

हेलिकोप्टर चढेर बाढीपहिरो प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री ओलीले पीडितहरूका साथै स्थानीय तहका जनप्रतिनिधहरूसँग छलफल गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले बाढीपहिरो प्रभावित स्थानीय तहलाई मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराएको सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

समितिले हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गरे । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङलगायत सँगै गएका थिए ।

असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।

तस्वीर : प्रधानमन्त्रीको सचिवालयबाट