आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

महानगरीय प्रहरी वृत्त बौद्धबाट घरेलु मदिरा नष्ट

गोकर्णेश्वर खबर२६ असार २०७८, शनिबार २२:४० मा प्रकाशित (२ साल अघि) ८३५ पाठक संख्या

काठमाडौं, २६ असार । महानगरीय प्रहरी वृत्त बौद्धले घरेलु मदिरा नष्ट गरेको छ । बौद्ध प्रहरीले आज शनिबार बौद्ध नागेश्वरी गल्लिमा गणेश जिम्बाले सञ्चालन गरेको गलैचा कारखानाको टहरामामा बनाईएको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।

 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख ढुण्डीराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले २५० लिटर तयारी मदिरा, करिब ११ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको हो । प्रहरीले घरेलु मदिरा जनप्रतिनिधि र स्थानीय वासिन्दाको रोहबरमा नष्ट गरेको हो ।

सो क्रममा प्रहरीले दुई सय लिटरका ५५ थान ड्रम, ३ थान चुल्हो, ३ थान भट्टा र १ थान ग्यास समेत बरामद गरेको प्रहरीले बताएको छ ।