आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेपाल बुद्धिस्ट तामाङ सुधार समितिद्वारा दुबै मृगौला बिरामीलाई आर्थिक सहयोग

गोकर्णेश्वर खबर२६ असार २०७८, शनिबार २१:५६ मा प्रकाशित (२ साल अघि) ७०३ पाठक संख्या

काठमाडौं, २६ असार । नेपाल बुद्धिस्ट तामाङ सुधार समिति गोकर्णेश्वर ४ ले मृगौलाका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

समितिले नुवाकोट जिल्ला दुप्चेस्वर गाउँपालिका वडा नं. ३ निवासी बर्ष २७ का सुनिता तामाङलाई (३०,०००/- ) तीस हजार पन्ध्र रुपैया सहयोग गरेको हो । सुनिता तामाङको दुबै मृगौला फेल भई शिक्षण अस्पताल महाराजगञ्जमा डायलाईसिस गरिरहेको र उनको आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले नगद सहयोग गरेको संस्थाका अध्यक्ष रुप तामाङले बताए ।

कार्यक्रममा अध्यक्ष रुप तामाङ, महासचिब खोम बहादुर तामाङ, सचिव दिपक तामाङ, कोषाध्यक्ष जोगमाया पाख्रिन तथा पुर्व अध्यक्ष एवम सल्लाहकार तथा समाजसेवी पुर्ण बहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।