आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

लायन्स क्लबद्वारा गोकर्ण सहिद पार्कमा वृक्षारोपण तथा गोडमेल

गोकर्णेश्वर खबर२६ असार २०७८, शनिबार २०:४० मा प्रकाशित (२ साल अघि) ४८० पाठक संख्या
काठमाडौं, २६ असार । काठमाडौं, २६ असार । लायन्स क्लबहरुको सहकार्यमा आज गोकर्ण सहिद पार्कमा वृक्षारोपण गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौँ जोरपाटी, लियो क्लब अफ काठमाडौँ जोरपाटी तथा लियो क्लब अफ सोसियल वर्करको आयोजनामा आज शनिबार वृक्षारोपण गर्नुका साथै गत साल रोपिएका विरुवाको गोडमेल तथा सरसफाइ कार्यक्रम भएको हो ।
लायन प्रकाश अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा महत्वपूर्ण सहयोगका लागि अधिकारीले सहिद पार्कका अध्यक्ष तथा क्लबका पास्ट प्रेसिडेण्ट सुदर्शन सिग्देल, क्लब प्रेसिडेन्ट बबिता लामा राजभण्डारी, क्लब सेक्रेटरी निराजन श्रेष्ठ, ट्रेजरर सरला सिलवाल लगायत सबैलाई धन्यवाद दिएका छन् ।