आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर नगपालिकाका बालबालिकाहरुलाई संस्थाद्धारा खाद्यान्न वितरण

गोकर्णेश्वर खबर२३ असार २०७८, बुधबार २१:३६ मा प्रकाशित (२ साल अघि) ५८० पाठक संख्या
बाल विकास समाज र विश्व शिक्षाको संयुक्त प्रयासमा गोकर्णेश्वर नगरपालिका काठमाडौंका बालबालिकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
नगर उपप्रमुख शान्ती नेपालको सहभागितामा सो सामग्री वितरण गरिएको हो । बाल विकास समाजले गोकर्णेश्वर नगरपालिकाभित्र रहेका गँलैचा कारखानामा काम गर्ने बालबालिकाहरुको विस्तृत रुपमा घटना व्यवस्थापन प्रक्रिया अनुसार विवरणहरु संकलन गरेको थियो ।
विवरण संकलन गर्ने क्रममा बालबालिकाहरुले कोभिड १९ को निषेधाज्ञाका कारण खाद्यान्न जोहो गर्न समस्या रहेको बताएपछि संस्थाले खाद्यान्न व्यवस्थापनका लागि पहल गरेको थियो । सामग्री वितरणको क्रममा नगर उपप्रमुख शान्ती नेपालले १४ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई कुनै पनि श्रममा राख्न नपाइने भन्दै गँलैचा कारखाना लगायत अन्य उद्योगहरुमा पनि बालश्रमको प्रयोग नगर्न सबैलाई आग्रह गर्नु भएको थियो । नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत आफू रहेको हुनाले बालबालिकाहरुको कुनैपनि समस्या वा कानुनले बर्जित गरेको बालश्रम प्रयोगको कुरा मलाई जानकारी भएमा तत्काल अनुगमन गर्ने र त्यस्ता कारखानाहरुलाई बालश्रम प्रयोग नगर्न सचेत गराउने प्रतिवद्धतासमेत उप प्रमुखले व्यक्त गर्नु भयो । सबै बालबालिकाहरुलाई विद्यालय पठाउन आग्रह गर्दै यस नगरपालिकाभित्र जो कोहीले पनि बालश्रम प्रयोग गर्छ भने कानुनी प्रक्रियाबाट अगाडी बढ्ने भन्दै सहयोगप्रति बाल विकास समाज तथा विश्व शिक्षालाई धन्यवाद् दिनुभएको थियो ।
यसैगरी गँलैचा कारखानामा रहेका बालबालिकाहरुलाई क्रमिक रुपमा खाद्यान्न सहयोग व्यवस्थापन गर्ने बाल विकास समाजको योजना रहेको र खाद्यान्न सामग्री संघीय सरकारको मापदण्ड अनुसार नै उपलब्ध गराइएको कुरा सक्रिय परियोजनाका टिम प्रमुख गोविन्द विकले जानकारी गराएका थिए ।
कार्यक्रममा महिला तथा बालबालिका शाखाबाट अधिकृत भीमा थापा, वडा नम्बर ९ का वडा अध्यक्ष राजिव थापा, वडा नम्बर ८ का वडा अध्यक्ष मनोज ढुङगाना, वडा नम्बर ५ का वडा सदस्य मुकुन्द फुयाल, नगर शिक्षा शाखाका प्रतिनिधि, संस्थाका कार्यकारी निर्देशक कृष्णप्रसाद सुवेदी, परियोजना अन्तर्गतका कर्मचारी मुनिका भुजेल, आस्मा बस्नेत, समुदायमा आधारित संस्थाका प्रतिनिधिहरुसमेतको उपस्थिती रहेको थियो भने कार्यक्रमको समन्वय नगरपालिकाका स्थानीय सहजकर्ता समाजसेबी तथा स्वास्थ्यकर्मी सन्जय आचार्यले गरेका थिए ।