आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का

गोकर्णेश्वर खबर२३ असार २०७८, बुधबार १२:२५ मा प्रकाशित (२ साल अघि) ३३५ पाठक संख्या

काठमाडौँ । कोपा अमेरिकाको उपाधिका लागि साविक विजेता ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन्।

बुधबार बिहान ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो।

उपाधिका लागि ब्राजिल र अर्जेन्टिना ११ जुलाईमा आमनेसामने हुनेछन्। ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।

निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो।

त्यसअघि खेलको सातौँ मिनेटमा नै लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्सबाट दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए।

पहिलो हाफमा १–० ले पछि परेको कोलम्बियाले दोस्रो हाफमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ६२औं मिनेटमा कोलम्वियाले गोल गर्दै बराबरीमा ल्याए। त्यसपछि खेलमा थप गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो।