आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

आमा बनेको दुई महिनापछि मात्रै कलाकार रक्षाले गरिन् छोरी सार्वजनिक

गोकर्णेश्वर खबर२३ असार २०७८, बुधबार ११:४२ मा प्रकाशित (२ साल अघि) ४७१ पाठक संख्या

काठमाडौं । कलाकार रक्षा श्रेष्ठ पनि आमा बनेकी छन् । दुई महिना अगाडि एक छोरीको जन्म दिएकी रक्षाले आफु आमा बनेको बुधबार मात्र सार्वजनिक गरेकी छन् ।

उनले बुधबार परेको आफ्नो दिनको अवसर पारेर छोरीको तस्बिर सार्वजनिक गर्दै आमा बनेको समेत जानकारी दिएकी हुन् । गत बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आमा बनेको खबर भने गोप्य राख्दै आएकी थिइन् ।

आज आफ्नो पनि जन्मदिन परेको र छोरी पनि दुई महिना पुगेकाले छोरीको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेको रक्षाले बताइन् । ‘मलाई पर्सन जीवन गोप्य राख्नै मनपर्छ । त्यसैले आमा बनेको खबर बाहिर ल्याएको थिइन’ रक्षाले भनिन् ‘केही मिडियाले मेरो बिषयमा छोरा जन्माएको लगायत केही भ्रामक समाचार हिजो बनाएको पाएकोले छोरीको नाम सहित तस्बिर सार्वजनिक गरेकी हुँ ।’

रक्षाको छोरीको नाम माहिरा गुरुङ रहेको छ । उनले छोरीका साथ केही तस्बिर सार्वजनिक गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘मेरो छोरी दुई महिना पुगेकी छन् ।’
रक्षा आज परेको आफ्नो जन्मदिन भने घरपरिवारसँगै सेलिब्रेसन गर्दै छिन् । अहिले साथीभाई भेला भएर जन्मदिन मनाउने माहोल नभएकोले जन्मदिन घरपरिवारसँगै घरमै मनाउन लागेको रक्षाले सुनाइन् ।

चर्चित हाँस्य सिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि चर्चामा छाएकी श्रेष्ठ पछिल्लो समय सिरियल ‘सक्किगो नि’मा पनि देखिँदै आएकी थिइन् । गर्भवती भएपछि भने उनले कलाकारिताबाट ब्रेक लिएकी छन् ।

करिव १ सय बढी म्यूजिक भिडियो, केही सिरियलमा अभिनय गरेकी श्रेष्ठले ६० बढी विज्ञापन चलचित्रमा पनि काम गरेकी छन् । सिरियलमा कुमार कट्टे ‘जिग्री’सँग उनको जोडी दर्शकले निकै मन पराएका छन् । उनले विवाह समेत सुटुक्क गरेकी थिइन् ।