आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नेतृत्वमा जिसि

गोकर्णेश्वर खबर२३ असार २०७८, बुधबार ११:०० मा प्रकाशित (२ साल अघि) ३३९ पाठक संख्या

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जि.सि. निर्वाचित भएका छन्।

युनियनको छैठौं विशेष अधिवेशनले जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

वरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन्। कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।

युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरेका थिए। कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन सँगसँगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए।

कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले सञ्चालन गरेका थिए।