आज: २६ बैशाख २०८२, शुक्रबार | Fri, 09, May, 2025

संसद पुनर्स्थापनाको विकल्प छैन्,अब शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

गोकर्णेश्वर खबर२२ असार २०७८, मंगलवार १३:०५ मा प्रकाशित (३ साल अघि) २१७ पाठक संख्या

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संसद पुनर्स्थापनाको विकल्प नरहेको बताएका छन्।

पार्टीका नेता महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार बिहान जनकपुर आएका प्रचण्डले संचारकर्मीसँग कुरा गर्दै संसद पुनर्स्थापना हुनेमा विश्वस्त रहेको बताए।

अगामी असार २८ गते आउने सर्वोच्च अदालतको परमादेशले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेसमेत विश्वास व्यक्त गरे।
प्रचण्डले संसद पुनर्स्थपाना हुने सम्भावना देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दवाब दिन खोजेको समेत आरोप लगाए।

प्रधानमन्त्री ओली निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताउँदै प्रचण्डले ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र बिरोधी तत्वको रुपमा उजागर भईसकेको तर्क गरे। उनले अब ओलीबाट केहि पनि हुन नसक्ने जिकिर गरे।

संविधान त्रुटीपूर्ण समेत रहेको स्वीकार गर्दै प्रचण्डले त्यसको संशोधन र बर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व आफ्नो रहेको बताए।