आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

संसद विघटन सम्बन्धी फैसला असार २८ गते आउने

गोकर्णेश्वर खबर२२ असार २०७८, मंगलवार ००:१५ मा प्रकाशित (२ साल अघि) २७२ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला गर्ने भएको हो।

उक्त मुद्दाको सुनुवाइ सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गतेसम्मलाई मुद्दा हेर्दाहेर्दैमा राखिएको जानकारी गराएका हुन्।

जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विघटनको विरुद्ध विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले सर्वोच्चमा विघटन असंवैधानिक रहेको भन्दै मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतमा असार ९ गतेबाट निरन्तर रुपमा विघटनको विषयमा सुनुवाइ हुँदै आएको थियो ।