आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

ओलीविरुद्ध राष्ट्रियसभामै सांसद रायमाझीले देखाए कालो क्याप

गोकर्णेश्वर खबर२१ असार २०७८, सोमबार १८:१० मा प्रकाशित (२ साल अघि) ३२७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी सोमबार राष्ट्रियसभामा बेग्लै गेटअपमा देखिए । उनले कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए । अरु बेला प्रायः ढाका टोपी लगाउँथे ।

उनी त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका विरोधमा यो गेटअफमा आएका रहेछन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा विघटन गरेपछि लाखौं मानिस कालो झण्डा बोकेर सडकमा आउनुपर्ने भएपनि कोरोनाका कारण सम्भव नभएको बताए ।

सांसद रायमाझीले भने, ‘सदनमा कालो झण्डा देखाउने अवस्था नभएका कारण विरोधको स्वरुप हो यो ‘ ।’

त्यसपछि उनले आफ्नो शिरमा भएको कालो क्याप हातमा लिए र कालो झण्डा झैं हल्लाए ।