आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

पम्फा भुसाललाई मातृ शोक

गोकर्णेश्वर खबर२१ असार २०७८, सोमबार १२:१५ मा प्रकाशित (२ साल अघि) २४५ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेतृ पम्फा भुसाललाई मातृ शोक परेको छ ।

नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् ।