आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

९२ सैनिक सवार विमान दुर्घटना,४० को जीवितै उद्धार

गोकर्णेश्वर खबर२० असार २०७८, आईतवार १२:४५ मा प्रकाशित (२ साल अघि) २०४ पाठक संख्या

एजेन्सी । फिलिपिन्समा ९२ जना सवार एउटा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ।

सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको बताएका छन्।

देशको दक्षिण पश्चिममा रहेको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन्।

अहिलेसम्म दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ।

उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइन्छ।