FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

टोखामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु, एक गम्भीर घाइते

गोकर्णेश्वर खबर२० असार २०७८, आईतवार ११:०९ मा प्रकाशित (१ महिना अघि) १०१ पाठक संख्या

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९, दीपज्योतिमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षीय सन्तोष अधिकारी र पछाडि सवार २२ वर्षीय दिपेश थापाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा सवार ३० वर्षीय सागर खतिवडालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

बा२क ३४६६ नम्बरको टिपरले गए राति करिब पौने ११ बजे तीनजना सवार रहेको प्रदेश ३ ०२ ०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।- फाइल तस्बिर