FLASH NEWS
आज: २० श्रावण २०७८, बुधबार | Wed, 04, Aug, 2021 Gokarneshwor TV HD

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो

गोकर्णेश्वर खबर२० असार २०७८, आईतवार ११:०१ मा प्रकाशित (१ महिना अघि) १५१ पाठक संख्या

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएसँगै खुलेको थियो । बिहीबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।