आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

अभिनेत्री सुपुष्पाले कसिन् लगनगाँठो

गोकर्णेश्वर खबर१८ असार २०७८, शुक्रबार १५:४९ मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टले विवाह गरेकी छिन् । शुक्रबार निर्माता रौनकविक्रम कँडेलसँग सुपुष्पाले विवाह गरेकी हुन् ।

काठमाडौंको एक रिसोर्टमा दुवै पक्षका आफन्त र केही निकट व्यक्तिहरूको उपस्थितिमा उनीहरूले विवाह गरेका छन् ।

सुपुष्पा र रौनकले गत १५ वैशाखमा इन्गेजमेन्ट गरेका थिए । छोटो समयको प्रेमलाई नै उनीहरूले विवाहको रूप दिएका हुन् ।

रणवीरबाट नेपाली फिल्‍म नगरीमा प्रवेश गरेकी सुपुष्पाले छ माया छपक्‍कैमा पनि अभिनय गरेकी छन् । उनको अभिनय रहेको अर्को फिल्म चपली हाइट ३ को कोरोनाका कारण रिलिज रोकिएको छ ।

त्यस्तै, रौनकविक्रमले कबड्डी, मिस्टर झोले, पुरानो डुंगालगायत फिल्ममा लगानी गरेका छन् ।