आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

लायन वर्ष २०२१–०२२ सुरुवातको अवसरमा माकलबारीमा वृक्षारोपण

गोकर्णेश्वर खबर१७ असार २०७८, बिहीबार २२:१२ मा प्रकाशित (२ साल अघि) ६२४ पाठक संख्या

१७ असार, काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका लायन्स क्लबले काठमाडौं गोकर्णेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गर्नुका साथै वृक्षारोपण गरेका छन् ।

लायन बर्ष २०२१–२०२२ का इलेक्टेड डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले नयाँ लायन वर्ष सुरुवातको अवसरमा मन्दिर सरसफाई, वृक्षारोपणका साथै माकलबारी स्थित लायन्स प्रतिक्षालय वरपर सरसफाई गरिएको बताए । लायन बर्षको सुरुवातको पहिलो हप्तालाई सेवा हप्ताको रुपमा मनाउन २७ वटा लाउन्स क्लब र २ लियो क्लबले विभिन्न कार्यक्रमहरु गर्ने उनले बताए ।

लायन बर्ष २०२१–२०२२ लाई सफल बनाउन लायन्स क्लबहरु मिलेर संयुक्त रुपमा सेवा कार्य गरेको लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट रोशन बाबु श्रेष्ठले बताए । लायन्स क्लबले सेवा हप्तामा रक्तदान, खाद्यान्न वितरण लगायतका विविध सेवामुलक कार्यहरु गर्ने उनले बताए ।