आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाको नगर गीत ‘गोकर्णेश्वर जननी’ सार्वजनिक( भिडियोसहित)

गोकर्णेश्वर खबर१७ असार २०७८, बिहीबार ०८:५२ मा प्रकाशित (२ साल अघि) ३७९ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर गीत सार्वजनिक गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ति नेपाल र नगर प्रवक्ता मनोज कुमार ढुंगानाले संयुक्त रूपमा नगर गीतको भिडियो सार्वजनिक गरेका हुन ।

गोकर्णेश्वर नगरपालिकाको चिनारी सँगसँगै नगरपालिका भित्र भए गरेका विकास निमार्णका कामदेखि पर्यटकिय क्षेत्रहरुलाई अझ प्रवद्धन गर्न गीती डकुमेन्टी बनाइएको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए । अनुसार अनुसार नगर गीत मात्र एउटा गीत र चिनारी मात्र नभएर गोकर्णेश्वरवासीको ऐतिहासिक दस्तावेज भएको बताए । प्रमुख चालिसेले नगरका आगामी कार्यक्रममा राष्ट्रीय गानपछि नगर गीत बजाएर कार्यक्रम संचालन हुने बताए । ‘यो एउटा नगरको गीत मात्र होइन, ऐतिहासिक दस्तावेज पनि हो । नगरका सम्पूर्ण धार्मिक,सास्कृतिक एव्म पर्यटकिय ठाउँहरुको चिनारी,नगर भित्र भएका कृषि पशुपालनको विकास,नगरपालिकाले गरेका विकास निमार्ण लगायतका कामहरु सँगसँगै गोकर्णेश्वरका विभिन्न धार्मिक तथा पर्यटकिय ठाउँहरुलाई आन्तरिक तथा बाह्य रुपमा प्रचार प्रसार गर्न समेत गोकर्णेश्वर जननीले महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने ‘हामी गोकर्णेश्वरवासी सबैको अपनत्व हुनेगरी गीत निमार्ण भएको छ,सबै विषयवस्तुहरु समेटिएका छन् । यस कार्यमा लाग्ने सबैलाई बधाई तथा धन्यवाद दिन चाहान्छु ।’

गोकर्णेश्वर जननी गिती डकुमेन्टीमा नगरपालिका भित्रका भाषा ,धर्म साहित्य,संस्कृति,पर्यटन कृषी लगायतका सम्पूर्ण पक्षलाई समेट्ने प्रयास गरिएको छ ।

गीतको रचना रामप्रसाद बडालले गरेका छन् भने संगित रत्न राईले भरेका छन् । गायक राजेशपायल राई र मेलिना राईको भोकल रहेको गीतको भिडियो निर्देशन भने केशव कोइरालाले गरेका छन् ।

गीतमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल,वडाध्यक्षहरु लगायतको अभिनय रहेको छ ।