आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

मासिक साढे ३ लाख भाडा तिरेर मुख्यमन्त्री राईले काठमाडौंमा सम्पर्क कार्यालय खोलेको खुलासा

गोकर्णेश्वर खबर१४ असार २०७८, सोमबार १४:२५ मा प्रकाशित (२ साल अघि) ३८२ पाठक संख्या

काठमाडौं । मासिक साढे ३ लाखभन्दा बढी भाडा तिरेर काठमाडौंमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सम्पर्क कार्यालय सञ्चालन गरिएको पाइएको छ।

मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय सञ्चालनका लागि भनेर काठमाडौंमा महिनाको ३ लाख ५१ हजार ५ सय रुपैयाँ पर्ने घर भाडामा लिइएको हो।

स्रोतका अनुसार मुख्यमन्त्री राईको सम्पर्क कार्यालयका लागि यति महँगो भाडा तिरेर काठमाडौंको महाराजगन्जस्थित एउटा घर भाडामा लिइएको हो। करिब २ वर्षअघि सम्पर्क कार्यालय सञ्चालनमा छ।

मुख्यमन्त्रीको सम्पर्क कार्यालयको भाडा विवरण यसमा हेर्नुहोस्