आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

ब्राजिलसँग १-१ को बराबरी खेल्दै इक्वेडर क्वाटरफाइनलमा प्रवेश

गोकर्णेश्वर खबर१४ असार २०७८, सोमबार १२:४७ मा प्रकाशित (२ साल अघि) ५०२ पाठक संख्या

काठमाडौं । आयोजक ब्राजिलसँग बराबरी खेल्दै इक्वेडर कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यसअघि नै लगातार तीन खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको घरेलु टोली ब्राजिलले नेमारसहित मुख्य खेलाडीलाई आराम दिँदा इक्वेडरसँग बराबरीमा रोकिएको हो ।

पेड्रो लुडोभिको ओलम्पिक स्टेडियममा सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १ १ को बराबरी खेलेको हो ।

खेलमा ब्राजिलले अग्रता लिएपनि इक्वेडरले बराबरी गोल फर्कायो । ३७ औं मिनेटमा इडर मिलिटाओले एभरटनको फ्रिकिका प्राप्त बलमा हेडर गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

तर ५३ औं मिनेटमा इक्वेडरका एन्जल मिनाले बराबरी गोल फर्काए । उनले इनर भ्यालेन्सियाको पासमा गोल गरे ।

यस बराबरीपछि ब्राजिलले ४ खेलबाट १० अंक जोड्दै समूह ‘बी’ को वजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूहमा तेस्रो बराबरी खेलेको इक्वेडर चौथो स्थानमा रहँदै क्वाटरफाइनल पुग्‍यो ।

इक्वेडरले ४ खेल खेल्दा ३ खेल बराबरी र एक हारबाटबाट ३ अंक जोडेको थियो ।