आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

निर्वाचनबाटै मुलुकले निकास पाउने छ,अब तयारीमा जुटौं : उपप्रधानमन्त्री पौडेल

गोकर्णेश्वर खबर१२ असार २०७८, शनिबार १७:२० मा प्रकाशित (२ साल अघि) ४४१ पाठक संख्या

बुटवल । उपप्रधानमन्त्री विष्णु पौडेलले निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै अब तयारीमा जुट्नुपर्ने बताएका छन् ।

शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेको र अरु दलले सरकार बनाउन नसक्दा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको जिकिर गरे ।

अदालतमा यसबारे मुद्दामामिला चलेपनि लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने उनको तर्क छ । सरकारले निर्वाचनमा वाचा गरे अनुसार विकासका नयाँ नयाँ काम गर्न खोजेको तर अनपेक्षित दृश्य देखा परेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ ।