आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

अफगानिस्तानमा भूकम्प

गोकर्णेश्वर खबर११ असार २०७८, शुक्रबार १६:०६ मा प्रकाशित (२ साल अघि) ५४८ पाठक संख्या

एजेन्सी । अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्‍निच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराइमा थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।