आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सिद्धिदात्री महिला सहकारी संस्थाको आयोजनामा स्वास्थ्य परिक्षण शिविर सम्पन्न

गोकर्णेश्वर खबर६ असार २०७८, आईतवार ०८:०४ मा प्रकाशित (२ साल अघि) २८८ पाठक संख्या
गोकर्णेश्वर नगरपालिका र वडा नं. ८ को सहयोगमा सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आज (असार ५ गते) खाङ्ग्री इन्टरनेशनल अस्पताल जोरपाटीमा आयोजित प्रथम पाठेघर स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
शिविर शुभारम्भ कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दिपक रिसाल, वडा ६ का अध्यक्ष रमेश अर्याल, वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारादेवि फुयाल, बेशी गाउँ युवा समुहको अध्यक्ष कृष्ण प्रसाद नेपाल , बेशी गाउँ महिला समुहको अध्यक्ष अनिता जोशी, समाजसेवी लक्ष्मी पुडासैनी, समाजसेवी रविना पौडेल, समाजसेवी फूलमाया गुरुङ, समाजसेवी याङ योञ्जन लगायत विभिन्न महिला समुहका प्रतिनिधि लगायत महिलाहरुको उपस्थिती रहेको थियो ।
शिविरमा ६५ महिलाहरुको एण्टीजेन पद्धतीबाट कोरोना परिक्षणका साथै पाठघर स्वास्थ्य परिक्षण गरिएको थियो ।