आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

पछिल्लो २४ घण्टामा थप २,४०१ जनामा संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

गोकर्णेश्वर खबर५ असार २०७८, शनिबार १७:५० मा प्रकाशित (२ साल अघि) २१९ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ।

उक्त अवधिमा ३४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।